बुटवलको मञ्जुश्री सहकारीका बचतकर्ताले कार्यालय घेरे

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् ।

सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब २०० वचतकर्ता पुगेका थिए ।

सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा थिएनन् ।

यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । गेका थिए । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् ।

 

 

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्