सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

सहयात्रा टिभी

जनकपुरधाम । जेठ ९, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधामका युवाहरु मध्यरातमा सडकमा ओर्लिएका छन् । जनकपुरधामको महावीर चोकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।

२०६२–०६३ सालको जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई नियोजित रुपमा रिसिईबीका कारण घेराबन्दीमा पार्न खोजिनु लोकतन्त्र माथिकै प्रहार भएको प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनको क्रममा युवाहरुले गृहमन्त्री लामिछानेको राजिनामाको माग गरेका छन् ।

यस्तै, जनकपुरधाम उद्योग बाणिज्य संघलगायत जनकपुरधाममा रहेका विभिन्न संघ–संस्थाहरु आज सडकमा उत्रने तयारीमा रहेको बताइएको छ । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनबाटै पक्राउ गरी राति नै जनकपुर लगेको थियो ।

प्रकाशित : 22 May, 2024

प्रतिक्रिया दिनुहोस्