अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

सहयात्रा टिभी

काठमाडौ‌ं । जेठ ९, वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिक-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुलेको छ ।

 

 

 

 

प्रकाशित : 22 May, 2024

प्रतिक्रिया दिनुहोस्