कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा लेखक मनोनीत

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् ।

विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।

 

 

 

 

प्रकाशित : 23 May, 2024

प्रतिक्रिया दिनुहोस्