नारायणगढ- मुग्लिन सडकमा पहिरो खसेर एक डोजर चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

 

 

 

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्