ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवकका रुपमा खटायो

काठमाडौ । जेठ १६, ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वयसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।
बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए ।
त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए ।
हरेक समूहको साथमा एक जना प्रशिक्षित ट्राफिक प्रहरी हुने श्रेष्ठ बताउँछन् । उपत्यकामा १८ सय ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन् ।
तीमध्ये कम्तीमा ३ सय महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार, अहिले दैनिक कम्तीमा ३ हजार जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । तीमध्ये सचेतना कक्षा लिनुपर्नेहरु दैनिक ६ सय जना हुने ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।