बजेट घोषणा पछि नेप्से आज २३.८१ अंकले घट्यो
सहयात्रा टिभी
काठमाडौ । जेठ १६, बजेट घोषणा पछि नेप्से परिसूचक आज २३.८१ अंक (१.१२ प्रतिशत) घटेको हो ।
नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो ।
उत्पादन समूहको सूचक सबैभन्दा धेरै २.६८ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.१३, ब्यापार ०.६९ तथा फाइनान्स समूह ०.१४ प्रतिशत घटे ।४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।