निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपर्ने नेपालको बाध्यता

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, नेपालले यस वर्ष निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपरेको छ । हिउँदमा  आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने  नेपालको बाध्यता छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ ।

सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।

 

 

प्रकाशित : 30 May, 2024

प्रतिक्रिया दिनुहोस्