धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना

सहयात्रा टिभी

काठमाडौ । आज धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले  बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिएका छन ।

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग सहित भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै उनीहरुले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

आज  संकलित ७ लाख भन्दा बढी  हस्ताक्षर भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

 

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्