नेप्सेमा दोहोरो अङ्कको गिरावट
सहयात्रा टिभी
काठमाडौं । जेठ १७, शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट भएको छ ।
हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ ।
आज फाइनान्स, हाइड्रोपावर र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज तीन सय ११ वटा कम्पनीका ९८ लाख ६४ हजार कित्ता शेयर चार अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ ।