सेयर बजार १३.५१ अंकले बृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ २०, साताको पहिलो दिन सेयर बजार १३.५१ अंकले बृद्धि भएको छ ।
सो अंकको बृद्धिसँगै नेप्से २०८३ अंकमा कायम भएको छ । कारोबार रकमा पनि बृद्धि भएको छ ।
अघिल्लो दिन ४ अर्ब २१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोडको भयो । १७४ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने १२ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । फाइनान्स समूह २. १७ प्रतिशत बढ्यो । मल्टिपर्पोज फाइनान्स र मकरजितुमाया हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, अपर लोहोरेखोला, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।