कारोबारसँगै बढ्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । जेठ २२, मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ६.२२ अंक बढेको हो ।
यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा आज ४ अर्ब ८ करोडको भयो । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै २.७ प्रतिशत (७९ अंक) बढ्यो । यस समूहमा जम्मा २ कम्पनी साल्ट ट्रेडिङ र विशाल बजार छन् ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड अजोड इन्स्योरेन्स र ग्लोबल आईएमई लघुवित्त क्रमश अगाडि रहे ।