युगाण्डाको क्रिकेट टिमले विश्वकपमा एतिहासिक जित सेलिब्रेट गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, कप्तान ब्राएन मासबा र युगाण्डाको क्रिकेट टिमले आफ्नो शैली र उत्साहमा टी–२० विश्वकपमा पहिलो जित सेलिब्रेट गर्‍यो ।

दशक लामो क्रिकेट यात्रामा टी–२० विश्वकपमा स्थान बनाउनु नै ठूलो सफलता थियो । तर विश्वकपको आफ्नो दोस्रो खेलमा ऐतिहासिक जित निकाल्न सफल भयो ।

तर वेष्ट इण्डिजको प्रोऐडेन्स स्टेडियमको यो खेल युगान्डा र पपुपा न्युगिनी दुवैका लागि खेल टी–२० विश्वकपमा आफ्नो पहिलो जित हात पार्ने अवसर थियो ।

२०२१ मा टी–२० विश्वकपमा डेब्यू गरेको पपुवा न्युगिनीले चार वटै खेल गुमाएको थियो । यो पटक पनि पहिलो खेलमा सहआयोजक वेष्ट इण्डिजसँग पराजित भएको थियो ।

पहिलो पटक टी–२० विश्वकप खेलेको युगाण्डा पनि आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

त्यसैले बिहीबार पुपवा न्युगिनी र युगाण्डामध्ये एकले टी–२० विश्वकपमा पहिलो जितको रेकर्ड बनाउने पक्का थियो । त्यसमा अफ्रिकन राष्ट्रले बाजी मार्‍यो ।

युगाण्डा क्रिकेट एसोसिएसनको लोगोमा त्यहाँको राष्ट्रिय चारा बकुल्लाको फोटो छ, जसका कारण युगाण्डालाई ‘क्रिकेट क्रेन’पनि भन्ने गरिन्छ ।

 

प्रकाशित : 6 June, 2024

प्रतिक्रिया दिनुहोस्