दाङमा श्रीमतीको हत्यापछि सेनाका जवान फरार, खोजी जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको हत्यापछि उनी फरार भएका बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 7 June, 2024

प्रतिक्रिया दिनुहोस्