अर्थमन्त्री पुनद्धारा गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो ।

कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’ उनले गाँजाको उत्पादन गाउँ, गाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँ–गाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।

‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’ अर्थमन्त्री पुनले भने ।

 

 

प्रकाशित : 7 June, 2024

प्रतिक्रिया दिनुहोस्