माधवकुमार नेपालद्धारा प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने जिकिर

काठमाडौं । जेठ ३०, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् ।
जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।
बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो ।
त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोच्दिनँ ।’ नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए ।
‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली कांग्रेसले अफर गर्यो अनिमात्रै बनेको हो’, उनले भने ।