सुनको भाउमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, लगातार तीन दिनसम्म घटेको सुनको भाउमा आज भने बृद्धि भएको छ ।

आज सुन छ सय रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित : 12 June, 2024

प्रतिक्रिया दिनुहोस्