नेपाल प्रहरीका ४ जना एसएसपीहरूको पदस्थापन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरिएको छ । श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, भीम बहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेठ २९ मा उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।

प्रकाशित : 14 June, 2024

प्रतिक्रिया दिनुहोस्