टिकटक खोल्न सांसद असिम शाहद्धारा सरकारलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए ।

टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको उनले बताए ।

सरकारले कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर भएपनि प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोको दिनमा ९० लाखको हाराहारीमा चलाइरहेका थिए भने अहिले ५० लाखको हाराहारीमा चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसुबक रिल्स, युट्युब सर्ट्स, इन्स्टा मजाले चलेकै छ ।

 

 

प्रकाशित : 14 June, 2024

प्रतिक्रिया दिनुहोस्