संवैधानिक परिषद्को बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार २, संवैधानिक परिषद्को बैठक बस्ने तयार भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ । निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त छ । यी लगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।

 

 

 

प्रकाशित : 16 June, 2024

प्रतिक्रिया दिनुहोस्