पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

सहयात्रा टिभी

मुग्लिन । असार ३, पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

प्रकाशित : 17 June, 2024

प्रतिक्रिया दिनुहोस्