चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा । असार ३, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेका बेला चट्याङले लागेको थियो।
चट्याङ गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।