कांग्रेसले संसदीय दल र कार्यसमिति दलको बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौं ।असार ५, नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।

 

 

 

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्