ललितपुर महानगरले २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं ।असार ५, ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले बुधबार पाँचौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेयर महर्जनले लामो समयदेखि अलमलमा रहेको स्वास्थ्य बिमा कार्यक्रम यसै वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा व्यवस्थित रूपमा सुरुवात गरिएको र यसबाट नगरवासीलाई हुने स्वास्थ्य उपचारको आर्थिक भार धेरै हदसम्म न्यूनीकरण हुने बताए ।

यसैगरी २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको र यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

ललितपुर कुसुन्तीमा अपाङ्गतामैत्री हुने गरी लिफ्ट सहितको आकासे पुल निर्माण कार्य सुरु गरिएको र सम्भवतः नेपालमा नै यो स्तरको आकासे पुल पहिलो भएको मेयर महर्जनको भनाइ छ ।

उनका अनुसार सप्तपाताल पोखरी र पलेस्वा पोखरीमा कमलको फूल फूलाउने योजनासाथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

त्यस्तै काठमाडौंका सबै स्थानीय तहको मुख्य समस्याका रूपमा रहेको फोहोर विसर्जनलाई उपत्यका मेयर्स फोरमको अध्यक्षको हैसियतले संघीय सरकार र प्रदेश सरकारसँग निरन्तर संवादमा रही समस्याको अल्पकालीन, मध्यमकालीन र दीर्र्घकालीन निराकरणका लागि भगिरथ प्रयत्न गरिरहेको उनले दाबी गरे ।

त्यस्तै नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन मेलम्चीमा मात्र भर नपरी स्थानीय स्रोत पहिचान तथा सर्वेक्षण लगायत काम निरन्तर भइरहेको महर्जनले बताए । महानगरको पहलमा मकवानपुर सिस्नेरी खानेपानी योजना हालै नेपाल लगानी सम्मेलनमा शोकेस योजनाका रूपमा प्रस्तुत भएको थियो ।

प्रस्तुत छ मेयर महर्जनले प्रस्तुत गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमको पूर्णपाठ स्

 

 

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्