आज राति युरोकप फुटबलमा तीन खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं ।असार ५, युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् ।

यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् । गएराति भएका खेलमा पोर्चुगल र टर्की विजयी भए ।

समूह एफको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । यो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् तर उनले ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

डी–बक्स बाहिरबाट अर्दा गुलरले गोल छिराएपछि टर्कीले जर्जियाविरुद्ध २–१ को अग्रता बनाएको थियो । र अन्तिममा थप १ गोल थप्दै ३–१ को नतिजा निकाल्दै नवप्रवेशी जर्जियालाई टर्कीले निराश बनायो ।

२५औं मिनेटमा मर्ट मुल्डुरले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । टर्कीको खुसी धेरैबेर टिकेन । ३२औं मिनेटमा कोचोराश्लीको पासमा मिकाउताद्जे गोल गरेपछि खेल बराबरीमा आयो । पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

इंल्याण्डका अट्याकिङ मिडफिल्डर बेलिङ्घम पनि युरोकपमा गोल गरेका छन् । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका २० वर्षीय बेलिङ्घमकै गोलको मद्दतमा इंग्ल्याण्डले सर्बियाविरुद्ध १–० को जित निकालेको थियो ।

 

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्