कोशीमा प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहमति

सहयात्रा टिभी

काठमाडौं । असार ६, आर्थिक वर्ष २०८१/८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन् ।

बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपा आर्थिक विधेयक माथिको छलफलमा सहभागी हुन तयार भएका हुन् ।

बुधबारदेखि आर्थिक विधेयक माथिको छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशसभाको १० औं बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको थियो ।

प्रतिपक्षीले बैठक छाडेपछि सभामुख अम्बरबहादुर विष्टले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर प्रतिपक्ष बैठकमा सहभागी हुन तयार नभएपछि बैठक आज विहीबार बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

बुधबार नै सरकारसँग भएको वार्तापछि प्रतिपक्षी दलहरु प्रदेशसभा बैठकमा सहभागी हुन तयार भएका छन् । १ असारमा कोशी प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो बजेटमा पूर्वाधार तर्फको अधिकांश योजना मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको क्षेत्रमा गएको कांग्रेस र राप्रपाका नेताहरुको गुनासो छ ।

 

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्