बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने अर्थमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौं । असार ७, अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गर्दै उनले मौद्रिक नीति बजेटसँग तालमेल हुने गरी आउने बताए ।

वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य हुन्छ कि हुँदैन भन्नेबारे मानिसले विगतदेखि टिप्पणी गर्ने गरेको भन्दै पुनले वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने बताए ।

मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको उल्लेख गरे ।

 

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्