नेप्सेमा ५.३७ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । असार ९, आइतबार समग्र सेयर बजारको परिसूचक नेप्सेमा ५.३७ अंकको गिरावट आएको छ । सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ ।

कुल ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा पनि फाइनान्सले भने ५.४९ प्रतिशत (१२८ अंक)को छलाङ मारेको छ । फाइनान्स समूहको सूचक गत बिहीबार नै १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको हो ।

रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङखोला जलविद्युत् तथा नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी र माण्डु हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 23 June, 2024

प्रतिक्रिया दिनुहोस्