एकीकृत समाजवादीको महाधिवेशनअघि काठमाडौंमा शक्ति प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । असार १६, एकीकृत समाजवादीले १० औ महाधिवेशनको उद्‌घाटनअघि काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित शक्ति प्रदर्शन गरेको हो ।

र्‍यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेतारकार्यकर्ता सहभागी छन् ।

समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

नयाँ नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ ।

संघीय संसदमा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

 

 

 

 

प्रकाशित : 30 June, 2024

प्रतिक्रिया दिनुहोस्