पूर्व सांसद एवम भिएस निकेतन स्कुलका सञ्चालक डा. बाबुराम पोख्रेलको निधन

काठमाडौं । पूर्वसांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको निधन भएको छ । बिहान साढे ६ बजे आफ्नै निवास बानेश्वरको बाथरुममा लडेका ६७ वर्षका पोखरेलको हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको प्याब्सनका महासचिव डि के ढुंगानाले जानकारी दिनुभयो । उहाँ मीनभवनमा रहेको भिएस निकेतन स्कुलका सञ्चालक समेत हुनुुहन्थ्यो । पोखरेल लामो समयदेखि घरमै आराम गरेर बसेपनि सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
जेठो छोरा अमेरिकाबाट आएपछि पर्सि मात्रै पोख्रेलको अन्त्यष्टि गरिने छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीको लागि उहाँको शवलाई भिएस निकेतन कलेजमा राखिने ढुंगानाले जानकारी दिनुभयो । पोख्रेलका श्रीमति र दुई छोरा हुनुहुन्छ ।
डाक्टर पोखरेलप्रति चन्दा प्रोडक्सन तथा सहयात्राटीभी परिवार हार्दीक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।