एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल चयन

सहयात्रा टिभी

काठमाडौँ । असार २०, नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।

जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

 

 

प्रकाशित : 4 July, 2024

प्रतिक्रिया दिनुहोस्