माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार २६, नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए । नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्