अधिक चिसोका कारण खोलाको पानी जम्यो

सहयात्रा टिभी

मनाङ— हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोका कारण ठाडो खोलाका पानी जम्न थालेको छ । मनाङको चामेमाथिका ठाडोखालामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए ।

स्थानीयवासीका अनुसार पिउनको लागि हिउँ पगाल्नु परेको र पाइपभित्र पानी जमेकाले धारा बन्द छन्। मानिसहरु बाहिर निस्कन सकेका छैनन्। ‘सिंगो बजार सुनसान छ। ढोकाहरु बन्द छन्। चिसो बढेपछि कोही बेंसी झरेका छनु भने बेंसी नझरेकाहरु झ्यालढोका थुनेर घरमै बसिरहेको स्थानीयले बताए ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले चिसो अत्याधिक बढेपनि आफू कार्यालयमै रहेको बताए। ‘जाडो त हरेक बर्ष हुन्छ नै। यसपटक अलि बढेको उनले भने। चिसो बढेपछि बाटोमा हिँडडुल पनि कम हुन थालेको छ। स्थानीयका अनुसार जाडो छल्न स्थानीयसँगै जनप्रतिनिधि समेत राजधानी गएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार रातीको समय मनाङ गाउँमा तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म झरेको छ। थोराङफेदी, खाङसारतिर माइनस २० सम्म झरेको उनले बताए। ‘साँझबिहान समेत माइनस १०–१२ डिग्री सेल्सियसको हाराहारीमा छ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्