प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन ८, प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक प्रि ओपन सेसनमा ५.८२ अंकले बढेर २४९३.९२ को बिन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा मात्रै ६७ हजार १८८ कित्ता सेयरको खरिदविक्री हुँदा २ करोड ४५ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै २.१५ अंकले बढेको सेयरबजारमा १३ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत दई सातादेखि नेप्से परिसूचक निरन्तर बढीरहेको छ । जहाँ करिब साढे वर्षपछिकै उच्च बिन्दुमा परिसूचक रहेको छ ।