नेप्से परिसूचक २८ महिना यताकै उच्च

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो ।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो ।

२२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गणपति लघुवित्तको मूल्य ५.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्