कैलालीमा बाढीका कारण चैते धान भित्र्याउन पाएन

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, कैलालीमा चैते धान लगाएका किसानले यो वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् ।

गएको असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको किसानले बताएका छन् ।

यस वर्ष ढिलो गरी धान रोप्नु र छिटो बाढी आउनुले पनि धेरै किसानको धान डुबानले नष्ट हुन पुग्यो ।

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्