बुटवल–पाल्पा सडक खण्डमा राति सवारी चलाउन रोक

सहयात्रा टिभी

बुटवल । साउन ९, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।

प्रकाशित : 24 July, 2024

प्रतिक्रिया दिनुहोस्