सर्वाेच्चको आदेशलगत्तै डा. केसी पक्राउ, डा. केसी प्रहरी परिसर काठमाडौंको हिरासतमा

सहयात्रा टिभी

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हटाउनु पर्ने मागसहित आमरण अनशन बसेका डा गोविन्द केसीलाई प्रहरीले सोमवार सांझ नै पक्राउ गरेको छ । सर्वोच्चको आदेशसहित पक्राउ आदेश लिएर पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रामचत्त जोशी नेतृत्वको ठुलो संख्याको प्रहरीले अनसन स्थलबाटै डा केसीलाई पक्राउ गरेको हो ।

अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्