टीआरसी सम्बन्धी सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । साउन ११, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ ।

गृहमन्त्रालयमा जारी बैठकबाट आज सहमतिलाई अन्तिम रुप दिने तयारी छ । गत बुधबार बसेको बैठकमा कार्यदल सदस्यले मिल्न बाँकी विषयमा आ–आफ्नो दलमा छलफल गरेपछि मात्र पुनः संयुक्त छलफल गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आज कार्यदलका सदस्यहरु छलफलमा बसेका हुन् । असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले कार्यदल बनाएको थियो ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । अदालतले नै यसमा विवेक पु¥याउने तर्क गरिएको छ । तर, यो विषयमा के कस्तो भाषा प्रयोग गर्ने भन्ने टुंगो लागेको छैन ।

 

प्रकाशित : 26 July, 2024

प्रतिक्रिया दिनुहोस्