मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ, पुस २५ । गएराति दाङमा लु ३८ प ७७५३ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा लमही अस्पतालमा राति सवा १ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति साढे ११ बजे दाङको लमही नगरपालिका ६ बेलदमारमा मोटरसाईकल आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङ हेकुली ९ का २५ वर्षीय नरेन्द्र चौधरी रहेका छन् ।