प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हामफालेर किशोरी बेपत्ता

दार्चुला । साउन १३, दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् ।
शनिबार साँझ ६ : ३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवरले नदीमा हामफालेकी हुन् ।
अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।