प्रि-ओपन सेसनमा २५ अंकले बढेर २७०० विन्दुमाथि पुग्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । साउन १४, नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमै २५ अंकले बढेको छ । अघिल्लो दिन आइतबारमात्रै ११३ अंकले बढेको नेप्से परिसूचक सोमबार प्रि-ओपन सेसनमा २५ अंकले बढेर २७०६.७३ को विन्दुमा पुगेको हो ।
प्रि-ओपन सेसनमा ९१ हजार ३५ कित्ता शेयर खरिदबिक्रीमा ३ करोड ३५ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ । हिजो प्रि-ओपन सेसनमा ३८ अंकले बढेको थियो ।