चीनको पूर्वी सागरमा पानीजहाज ‘अझै जल्दै

सहयात्रा टिभी

चिन । यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन्।

झण्डै १० लाख ब्यारल कण्डेन्सेट बोकेको थियो । उक्त पानीजहाजमा रहेका कण्डेन्सेटु तेलको विषालु र विस्फोटक स्वरूप हो।

थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ।

खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ।
शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो।

इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ।

चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ र दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्