न्यायाधीश र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको : डा. केसीको बयान

सहयात्रा टिभी

काठमाडौ । सर्वोच्च अदालतको अबहेलनासम्बन्धि मुद्धामा पक्राउ परेका प्राध्यापक डाक्टर गोविन्द केसीले आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको बयान दिएका छन् । केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन्। मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए।

अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर सोमबार अनसन वसेका थिए । केसीलाई अनस्थलबाटै पक्राउ गरिएको थियो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उहाँले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गर्नुभएको थियो ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्