प्रहरी हिरासतमा रहेका डा. केसी वीर अस्पताल भर्ना

काठमाडौं । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसी वीर अस्पताल भर्ना भएका छन् । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई मंगलबार बयान लिइरहदा नै त्यसै वेला उनलाई छाती दुखेको बताएका थिए ।
सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको छ । उनलाई ईनटी क्याबिनमा राखिएको छ । प्रहरी स्रोतका अनुसार डा. केसीलाई आज राति अस्पतालमा नै राखिने बताईएको छ ।