र्नेरेट्रोफिटिङ गरिँदै घन्टाघरको घडी स्वचालित बनाइने
काठमाडौँ। साउन १८, काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको घन्टाघरको प्रबलीकरण (र्नेरेट्रोफिटिङ ) काम भइरहेको छ।
यो आर्थिक वर्षमा ६० प्रतिशत र बाँकी अर्को आर्थिक वर्षमा प्रबलीकरण सक्ने गरी काम भइरहेको छ। २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र रहेर गएको भूकम्पबाट घन्टाघरमा क्षति पुगेको थियो। गत वर्षदेखि नै घन्टाघरको प्रबलीकरणको काम सुरू गरिएको थियो।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले घण्टाघर प्रबलीकरणको काम गर्दै आएको छ।
घन्टाघर प्रबलीकरणको काम न्यु टेक्निकल कन्स्ट्रक्सन कम्पनीले लिएको छ। साथै घन्टाघरको घडी पनि स्वचालित प्रकृतिको बनाउने तयारी भइरहेको छ।
घण्टा घरको घडीले समय देखाउन छाडेको भन्दै केही समयअघि प्रतिनिधि सभा बैठकमै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
घन्टाघरको घडीलाई स्वचालित प्रकृतिको बनाउने गरी काम भइरहेको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ।