सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड
काठमाडौं । साउन १९, सिटिजन्स बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको गत गत आर्थिक वर्षभन्दा २७.९७ प्रतिशत घटेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानी घटुने र इम्पेरमेन्ट चार्ज बढुनु रहेको छ । बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको फि तथा कमिशनबाट हुने आम्दानी २८.३१ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसामा हरेको छ। १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ।