डा. केसीलाई अदालत उपस्थित गराइयोः
सहयात्रा टिभी
काठमाडौ । अदालतको अवहेलना अभियोगमा पक्राउ परेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । मंगलबार इजलासको बयानपश्चात वीर अस्पतालमा भर्ना भएका उनलाई बुधाबार विहान सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । केसीले इजलाससमक्ष आफैं बयान दिने भएका छन् । उनले इजलासमा आफ्नो कुरा राखेपछि बहस सुरु हुने बताइएको छ ।उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।
उनको लिखित बयान मंगलबार नै भएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो । आज सुनुवाइ हुनेछ ।