सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगे

सहयात्रा टिभी

काठमाडौं । साउन २४, बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए ।

विमानस्थलमा पत्रकारहरुले उनलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोधेका थिए । जवाफमा उनले ‘आफू आभारी रहेको’ बताए ।

स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो ।

यसपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन नेतृत्व लिएको थियो । जसअनुसार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्दैछ ।

उनीसहित १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने बंगलादेशका सेना प्रमुख जमानले बताएका छन् ।

 

 

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्