आज ३० औं विश्व आदिवासी दिवस काठमाडौंमा मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । साउन २५, आज ३० औं विश्व आदिवासी दिवस काठमाडौंमा  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ ।

मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

 

 

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्